साउन ४, काठमाडौं ।
आइतबार शेयर बजार ११ बजे खुल्यो । खुलेको ६ मिनेटमै सर्किट लाग्यो । १५ मिनेट स्थगित भयो । फेरि ११ बजेर २७ मिनेटमा कारोवार सुचारु भयो । ३८ सेकेन्डकै सर्किट लाग्यो ।
फेरि दोस्रो पटक १२ बजेर ८ मिनेट जाँदा शेयर बजार खुल्यो । तर २२ सेकेन्डमै सर्किट लाग्यो र बजार नै बन्द भयो ।
७ मिनेट पनि बजार सुचारु हुन सकेन
आइतबार शेयर बजार ७ मिनेट पनि कारोवार हुन पाएन । सबै कारोबार भएका कम्पनीका शेयर बढे । १४ सय ८ अंकमा खुलेर शेयर बजार ८४ अंकले बढेको छ । यति छिटो सर्किट लाग्यो यो सम्भवत पहिलो घटना हो । आइतबारको कारोबारमा निर्जीवन बीमा समूह २०२, उत्पादन १४१, वाणिज्य बैकको ८८, विकास बैक ६३, जलविद्युत ३६, माइक्रोफाइनानस ९२, फाइनान्स ९, अन्य समूह ४९ र जीवन वीमा समूहको ५४८ अंकले बढेको छ ।
किन एक्कासी बढ्यो बजार ?
मौद्रिक नीतिले सेयर धितोमा दिइने
कर्जालाई खुकुलो बनाएको छ । कुल सेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह हुने
व्यवस्थालाई बढाएर ७० प्रतिशत पुर्याइए पछि शेयरमा आकर्षण बढेको हो। त्यस्तै पछिल्लो
१८० दिनको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्थामा १२० दिन कायम गरिएको छ । यसको
अर्थ १२० दिनको सेयरको औसत मूल्य गणना गरी सोको ७० प्रतिशतसम्म ऋण पाइने ब्यवस्था
गरिएको छ । सिसिडी रेसियोको
सीमा ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत कायम गरिएको छ ।