शिव खड्का ।
काठमाडौं, साउन ७ ।
कोरोनाको महामारीको कारण राजधानी लगायत देशैभर रोकिएको मादक पदार्थ सेवन(मापसे) चेकजाँज आजबाट सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले वुधबारबाट नियमित जेकजाँच गरिने जानकारी दिनुभयो ।
चैत्र ७ गतेबाट कोरोनाको डरले ट्राफिक प्रहरीले मापसे जाँच गर्न छोडेको थियो । मापसे जाँच मात्र होइन, सचेतना कक्षा पनि रोकिएको थियो । कोरोनाको त्रास अहिलेपनि रहेको भन्दै सावधानी अपनाएर जाँच गर्ने तयारी ट्राफिक प्रहरी महाशाले गरेको छ ।
कोरोनाको त्रास बढ्दो
ट्राफिक प्रहरीले मापसेको जाँच गर्ने भनेपनि कोरोनाको त्रास घट्दो भन्दा बढ्दो छ । १८ हजार नजिक संक्रमित पुगिसक्दा समुदायमा फैलिएको र जाँचको क्रममा सर्ने सम्भावना बढी रहेको स्वास्थ्यविद हरुको भनाई छ । मुखमा हुने र्याली तथा स्वाब बाट सर्ने भन्दै मुख सुँध्दा वा हा गर्न लगाउदाँ सावधानी अपनाउन सुझाव दिएका छन् । कोरोनाको कारण ३ दर्जन ब्यक्तिको मृत्यु भैइरहेको छ भने शहर बजारमा असुरक्षित यात्रा तथा हिड्डुल चलिरहेकोले मापसे जाँचमा थप सचेतना अपनाउन जरुरी रहेको विज्ञहरुको धारणा छ ।