श्रावणमा महिलाले गनुपर्ने केही कार्यहरु जस्ले भाग्य बढाउदछ

NepalOm ४ वर्ष अघि

  • काठमाडौं ।
    श्रावण महिना भगवान शिवलाई धेरै प्रिय लाग्ने महिनाको रुपमा हेरिन्छ । त्यसैले पनि भगवान शिवका भक्तहरूले यस महिना शिवको विशेष पूजा आरधना गर्छन्।देवताका पनि देव भगवान शिव सबै देवताहरूमा छिटो प्रसन्न हुने परमेश्वर रुपमा चिनिनुहुन्छ ।

    हिन्दु धर्म मान्ने महिलाहरुले श्रावण महिनालाई बिषेश रुपमा लिने गर्दछन ।
    श्रृगार देखी पहिरन सम्म र आराधना देखी भक्ती सम्मको लागी यो महिना बिषेश छ। विवाहित नारीले साउन महिनाको सोमबार व्रत बसि भगवान शिवलाई पुजा आरधना गरि खुशि बनाउने गर्छन् भने अबिबाहिता नारीहरुले पनि श्रावणलाई आस्था पूर्वक लिई बिषेश बनाउने गर्दछन।
    श्रावण महिनामा हरेक नारीहरुले यी पाच कुराहरु गर्नु धार्मिक ,सास्कृतिक तथा बौज्ञानिक हिसावले समेत राम्रो मानिन्छ ।

    बिहान छिट्टै उठ्ने

    धर्मशास्त्र अनुसार साउन महिना एकदम महत्त्वपूर्ण मानिन्छ । उपवास बस्ने प्रत्येक महिलाले बिहान सबेरै उठेर ब्रह्म महूर्तमा भगवान शिवको पूजा गर्नुपर्दछ । विशेष गरी उपवासको समयमा नियमित रूपमा कपाल धुनुपर्छ । यसो गरेमा महिलाहरूले अखण्ड सौभाग्य पाउँने विश्वस गरिन्छ ।

    हरियो चुरा लगाउने

    ज्योतिषका अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ। हरियो रंग लगाउने व्यक्तिको कुंण्डलीमा बुध बलियो हुन्छ । साथै, बुद्धि र समृद्धि प्राप्त हुन्छ। विवाहित महिलाले साउन महिनामा हरियो कपडा र चूरा लगाउँदा जीवनमा राम्रो भाग्य र खुशी प्रदान हुन्छ। भनिन्छ हरियो रंग महादेव र देवी पार्वतीलाई मनपर्छ ।

    रातो कपडा लगाउने

    कुनै पनि पूजामा रातो रंगको कपडा लगाउनुलाई सुख र सौभाग्यको प्रतीक मानिन्छ । जसरी हरियो रंगको वसन्तमा विशेष महत्त्व हुन्छ । भगवान शिवको यस प्रिय महिनामा महिलाहरूले आफ्नो पूजामा रातो वस्त्र लगाउँदछन्। रातो वस्त्र लगाउनुलाई शुभ मानिन्छ । यसका कारण भगवान भोलेनाथ र देवी पार्वतीको आशिषका साथ महिलाको भाग्य धेरै गुणा बढ्ने मान्यता रहि आएको छ।

    सिन्दुर लगाउने

    धर्मशास्त्रका अनुसार, विवाहित महिलाका लागि सिन्दूर लगाउनु धेरै महत्त्वपूर्ण मानिन्छ। विवाहित महिलाले सधैं आफ्नो सिउँदोमा सिन्दूर भरिरहनुपर्छ भन्ने मान्यता रहि आएको छ । तर साउनको महीनामा विशेष गरी सुहागन महिलाले सिन्दूर लगाए देवी पार्वतीले महिलालाई सौभाग्यवती हुने आशीर्वाद दिन्छिन्।

    सामाग्री दान गर्ने

    कुनै विवाहित महिलाले साउनमा सौभाग्यका वस्तुहरू दान गरेपछि शिव पार्वती मात्र होइन देवी लक्ष्मीको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।