‘क्वाँटि’ अर्थात तातो सुप , यस्का १५ फाईदाहरु

NepalOm ४ वर्ष अघि
  • काठमाडाैं ।
    जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । क्वाँटि शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले क्वाति वा क्वाँटि को अर्थ तातो सुप भन्ने बुझिन्छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार झोल हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो । अहिले क्वाँटी सबै जातजातीले मन पराउदछन तर खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो ।

    क्वाँटीका फाइदाहरू
    – कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।
    – मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
    – यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
    – तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
    यो सजिलै पाच्य हुन्छ ।
    – पेटमा अनावश्यक वायु बनाउँदैन ।
    – क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
    – रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
    – रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
    – क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
    – मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
    – रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
    -टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
    – पाचनशक्तिमा सुधार ल्याउँछ।
    – गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।