साउन २०, काठमाडौं ।
कोरोना संक्रमित दिनदिनै बढेपछि सरकारले राजधानीका १४ अस्पतालमा कोरोनाको परिक्षण अर्थात पीसीआर टेष्ट गराउन सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोनाको जोखिम बढेकोले राजधानीकै १४ अस्पतालमा परिक्षण गर्न सकिने ब्यवस्था गरेको हो । शंकास्पद विरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानबाट आएका सबैले विहान ९ बजेदेखि १ बजेसम्म परिक्षण गराउन सकिने मन्त्रालयले जनाएको छ ।
स्वाव संकलन गर्ने अस्पतालहरु :
पाटन अस्पताल
सिभिल अस्पताल
त्रिवि शिक्षण अस्पताल
टेकु अस्पताल
वीरेन्द्र प्रहरी अस्पताल
स्टार अस्पताल
नेपाल प्रहरी अस्पताल
भक्तपुर अस्पताल
केएमसी अस्पताल
वीर अस्पताल
शसस्त्र प्रहरी बल अस्पताल
प्रसूति गृह
ह्याम्स अस्पताल
नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।