हनुमान मन्दिरका पुजारीको हत्या

NepalOm ४ वर्ष अघि

  • रौतहट ।
    रौतहटको माधवनारायण नगरपालिकाको हनुमान मन्दिरका पुजारीको हत्या भएको छ ।

    माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताएका छन।

    पुजारीलाई कस्ले गोली हान्यो त्यस्को अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।