सबको फरक बिषेशता: यस्ता थिए सप्तऋषि

हामी सबै सप्तऋषि मध्यका एकका सन्तान हौं

NepalOm ४ वर्ष अघि

  • काठमाडौं , ओम नेपाल न्युज ।
    हिन्दु महिलाले निकै उत्साहका साथ मनाउने पर्व तीज औपचारिक रुपमा ऋषिपञ्चमीको दिन सप्तऋषि को पुजा पछि समापन हुन्छ । हिन्दु शास्त्रहरुमा सप्तऋषिको निकै महत्वका साथ ब्याख्या गरिएको छ । सप्तऋषिलाई ब्रम्हाका मानस पुत्रको रुपमा शास्त्रले चिनाएको छ । हामी सबै मानिस उनै सप्तऋषि मध्यका एकका सन्तान हौं । हाम्रो गोत्र सप्तऋषिकै नाम बाट राखिएको हो । हामी जुन ऋषिका सन्तान हौ उनैको नामबाट हाम्रो गोत्र रहेको हो ।
    सप्तऋषि
    १.कश्यप ऋषि
    कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदिती बाट देवता र दिती बाट दैत्य उत्पति भएको कथा वर्णित छ । देवता,दैत्य,दानव,गन्धर्व,राक्षस,वृक्ष,अप्सरा,सर्प,गाई,जलजन्तु सबै कश्यप ऋषिका बिभिन्न पत्नीबाट उत्पन्न भएका हुन ।
    २. अत्रि ऋषि
    अत्रि पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार ब्रह्माजीदेखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला(नन्दन पुरूरवाको जन्म भयो हे । ऋग्वेदका दश मण्डलमध्ये पाँचौं मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललाई आत्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन् । कर्दम ऋषिकी पुत्री अनसूयासंग यिनको विवाह भएको थियो । शिवपुराणका अनुसार अत्रिपत्नि अनसूयाका गर्भबाट सत्य नेत्र, हव्य, आपोमूर्ति, शनैश्चर र सोम गरी ५ पुत्रको जन्म भएको देखिन्छ।

    ३ .भारद्वाज ऋषि
    भारद्वाज हिन्दुहरुका एक महान ऋषि हुन्। भरद्वाज प्रसिद्ध सप्तर्षिमध्केका एक ऋषि हुन् । तैतित्तरीय ब्राहण भन्ने ग्रन्थमा उल्लेख भएअनुसार उनी वेदहरुका पूर्ण ज्ञाता बन्न चाहन्थे । यसको लागि उनले परिश्रम गरिरहेका थिए, किनतु वेदको पार पाउन कठिन भइरहेको थियो । त्यसपछि उनले इन्द्रको तपस्या गरेर एकएक सयका दरले तीनपटक सम्म वेदको अथ्ययन गर्ने वरदान पाएका थिए । आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरकसंहितामा आयुर्वेदको पृथ्वीमा आवरण गराउने व्यक्तिको रुपमा ऋषि भरद्वाजको वर्णन गरिएको छ । पहिले तपस्या, ब्रत आदि गरेर संयमका साथ जीवन बिताउने मानिसहरुलाई पनि रोगहरुले विध्नरुपमा आएर बाधा पुर्याउन थालेपछि हिमालयमा ऋषिहरुको सभा बस्यो । तयस सभामा उपस्थित ऋषिहरुमा भरद्वाज पनि हुनुहुन्थ्यो । सभाले मानिसहरुमा रोगहरु बढेर दुःख भएकोमा त्यसको समाधान गर्ने उपायको लागि स्वर्गका राजा इन्द्रको शरणमा जाने निर्णय गर्यो । अब स्वर्गमा को जाने भन्ने प्रश्न उठ्दा सबभन्दा पहिले भरद्वाज मुनिले यस काममा आफूलार्य खटाइयोस् भनी अनुरोध गर्नुभएकोले वहाँलाई स्वर्ग गएर इन्द्रबाट उपयोगी ज्ञान लिएर आउने भनी पठाईयो । उहाँले इन्द्रलाई भेटी त्यसको समाधान बताइदिन बिन्ती गर्नुभयो । महर्षि भरद्वाज को बुद्धिवैभव देखेर इन्द्रले उहाँलाई आयुर्वेदको उपदेश गर्नुभयो । त्यसबाट आयुर्वेदको अध्ययन गर्नुभयो । यो घटनाबाट महर्षि भरद्वाजको लोककल्याण तप्परता, दयालुपन, साहस आदि गुणहरुले राम्रो संकेत पाइन्छ

    ४. गौतम ऋषि
    गौतम ऋषि वैद्धिक कालका मुल सप्तर्षि मध्यका जेठा ऋषि हुन् । उनका पिताको नाम रहुगुणा थियो । यि ऋषिलाई गौतम गौत्रका गोत्र प्रवर्तक भनेर चिनिन्छ । वास्तवमा उच्चारणमा गौतम भनिय पनि उनको वास्तविक नाम गोतम हो भनिन्छ । गोतमको नामबाट गोतम गाण बनेको छ । वास्तविक नाम गोतम भए पनि प्रचलनमा गौतम भनिएकाले सबैतिर गौतम नै उल्लेख भएको पाइन्छ । महर्षि गौतम महान, प्रतापी र ऋषिहरूका पनि महर्षि थिए । उनी हिन्दू धर्ममा प्रयोग हुने कतिपय मन्त्रहरूका मुख्य प्रतिपादक पनि थिए । उनले नै त्यस समयमा मन्त्रको प्रवर्तन गरेका थिए । त्यसैले उनलाई वैद्धिक कालमा मन्त्रका पिता भनेर चिनिन्थ्यो । मानवशास्त्री मुलरकै खोज अनुसार गौतम महर्षिका बारेमा ऋगवेदमा पनि उल्लेख छ । महर्षि गौतमका तीन छोरा थिए :- वामदेव, नोधास र सतानन्द ।

    ५. जमदग्नी ऋषि
    जमदग्नी प्राचिन कालका एक ऋषि थिए । यिनलाई भृगुवंशी ऋचीक ऋषिका पुत्र तथा और्व ऋषिका नाति मानिएको छ । यिनलाई हिन्दू धर्मका अनुसार सात सप्तर्षि मध्यका एक ऋषि मानिन्छ । जमदग्नी ऋषिका ५ छोराहरूमध्ये कान्छा परशुराम भगवान विष्णुको छैठौं अवतार हुन। परशुराम मातृबधको पापबाट मुक्ती पाउनको लागि तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीको हत्या गरे । जमदग्नीलाई जमदग्नी गोत्रका गोत्र प्रवर्तक तथा वत्स गोत्रका प्रवर्तक रुपमा पनि लिइन्छ ।

    ६. वशिष्ठ ऋषि
    वशिष्ठ हिन्दु धर्मका सप्तऋषिमध्ये एक ऋषि हुन् । सबै हिन्दू ग्रन्थहरूमा वशिष्ठ ऋषिका बारेमा वर्णन गरिएको छ । वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् । रामायणमा यिनलाई भगवान रामका कुलगुरू भनेर वर्णन गरिएको छ । यिनलाई वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

    ७. विश्वामित्र ऋषि
    विश्वामित्र हिन्दु धर्मका एक प्रशिद्ध ऋषि हुन् । रामायणका पात्र भगवान राम र लक्ष्मणलाई धनुर्विद्या सिकाउने यी ऋषिको जन्म क्षत्रिय कुलमा भएको थियो । ऋषि विश्वामित्रलाई विश्वामित्र गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।
    कठोर तपस्या गरेर विश्वामित्र जी ले महादेवलाई प्रसन्न गरे र उनबाट दिव्य शक्ति सहित सम्पूर्ण धनुर्विद्याको ज्ञान वरदान प्राप्त गरे। प्रजापतिको पुत्र कुश, कुशको पुत्र कुशनाभ र कुशनाभको पुत्र राजा गाधि थिए। विश्वामित्र जी उनै गाधिका पुत्र थिए। विश्वामित्र शब्द विश्व र मित्र बाट बनेको छ जसको अर्थ हुन्छ सबैसँग साथ मित्र अथवा प्रेम।