काठमाडौ , ॐ नेपाल न्यूज ।
श्री अरविन्द घोष एक महान सन्त हुन् । उनी जन्मेकाे समय भारत अग्रेजको शासनमा थियो । उनले आफ्नाे शिक्षा वेलायतमा गरे त्यतीबेला देखी नै उनमा अग्रेज बिराेधी भावना जागृत भै सकेको थियो । बेलायमै रहदा उनी अग्रेज बिराेधी आन्दोलनमा लागी सकेका थिए । १४ बर्ष बेलायतमा पढाइ गरेपछी उनी भारत फर्किए र राजनीतिमा लागे ।
राजनीति यात्राकै क्रममा उनको भेट केही आध्यात्मिक ब्यक्तीहरुसंग भयो जस्ले अरविन्दमा ठूलो अध्यात्मिक संभावना देखे । उनलाइ अध्यात्ममा लाग्न ति ब्यक्तीहरुले धेरै आग्रह पनि गरे तर अरविन्द त्यस कुरामा राजी थिएनन उनको एउटै भनाइ थियो -पहिला भारत स्वतन्त्र हुनु पर्याे ।
राजनीतिमा पागल भएर लागेका अरविन्दको अध्यात्म तर्फको मोड बडा राेचक छ ।
याे भिडियोमा उनको जन्म, शिक्षा , राजनीति ,अध्यात्मिक यात्रा देखी बुद्धत्व प्राप्ती सम्मका घटनाक्रम प्रस्तुत गरिएको छ ।