काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको वडा दसैंको अवसरमा सर्वसाधारणलाई टीका नलगाईदिने भएका छन् । शनिबार एक सूचना सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले असहजस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।
यस्को साथै पूर्वराजाले यस वर्षको महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र पूजापाठसमेत स्थगित गरेका छन ।
यसवर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ, पूर्वराजा ज्ञानेन्द्रको नाममा सार्वजनिक सूचनामा भनिएको छ ।