काठमाडौं। बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गरेका छन। पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत शनिबार बिहान ११ः४६ बजे हनुमानढोका वसन्तपुर दरवार क्षेत्रमा पनि विधिपूर्वक घटस्थापना गरिएको छ ।