कुकुर पूजा र लक्ष्मी पूजा आजै , यस्तो छ धार्मिक बिश्वास

NepalOm ४ वर्ष अघि

  • काठमाडौं । कुकुर तिहार र लक्ष्मी पूजा आज एकैदिन भएकाले तिहारका पाँच दिन मध्य दुईवटा दिन शनिबारनै परेको छ ।
    यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन शनिबार परेको हो ।

    बर्ष दिनभर घरको सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मिष्ठान्न खान दिई श्रृगारी आज बिषेश सम्मान दिईन्छ । कुकुर पूजाले यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ

    आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनार्इर्दै छ । सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरात सम्म लक्ष्मी आगमनको लागी पूजा,ध्यान आराधना गरीन्छ । आजको दिन लक्ष्मीले घर प्रवेश गर्छिन् भन्ने बिश्वास गरिन्छ ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।