omnepalnews.com
ध्यान एवं मेडिटेशन गर्ने भन्नसाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाईमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन ।
यो बुझाई एकदमै गलत हो । ध्यान एवं मेडिटेशन शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत छ । खासमा मन र शरीर शुद्धिकरण गर्ने सर्बोत्तम माध्याम हो यो । ध्यान बस्नु भनेको कुनै कुरामा केन्द्रित हुनु होइन । बरु, बिचारशून्य अवस्थामा रहनु हो । यो आफैमा जटिल अभ्यास हो । यद्यपी निरन्तरको अभ्यासले ध्यान एवं मेडिटेशनको लाभ लिन सकिन्छ ।
– तनावमुक्त रहने सर्बोत्तम माध्याम हो ध्यान ।
– यो विज्ञानसम्मत विधी हो, जसले मन र शरीरको शुद्धिकरण गर्छ ।
– यसले मनलाई स्थिर, शान्त, संयमित राख्छ ।
– ध्यानले शारीरिक तथा मानसिक विकार हटाउँछ ।
– स्मरण क्षमता बढाउँछ ।
– आवेग, क्रोध, बेचैनी, भय जस्तो विकार हटाउँछ ।
– शरीरमा आन्तरिक शक्ति विकास गर्छ ।
– मस्तिष्क र शरीरमा नयाँ उर्जा मिल्छ ।
– उच्च रक्तचाप, अल्जाइमर, मधुमेह, टाउको दुखाई जस्ता शारीरिक रोगहरु नियन्त्रण गर्छ ।
– प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
– एक्लोपन, निरासा, चिन्ताबाट मुक्त गराउँछ ।