भागरथी हत्या : परेका युवकले स्वीकारे गल्ती, आज सार्वजनिक गरिँदै

NepalOm ५ वर्ष अघि
  • काठमाडौँ : बैतडी जडेपानीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्यामा संलग्नलाई पक्राउ गरिएको र आज सार्वजनिक गरिने बताए ।

    सिंहका अनुसार प्रहरी समक्ष पक्राउ परेका युवकले आफुले भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् । भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवकले हत्या गरेको स्वीकारेको दाबी प्रहरीको छ ।

    भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन् । प्रहरीले हत्यामा सग्लन भएको आरोपमा महेन्द्रनगरबाट एक कर्मचारीलाई पनि पक्राउ गरेको थियो । उनले भने हत्यामा संलग्ग्न नभएको अडान लिएका छन् ।

    ती छात्रलाई आज सार्वजनिक गर्ने तयारी गरिएको छ । किशोरी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।