नारी दिवसको शुभकामना

Nepal Om ४ वर्ष अघि
  • सुप्रिया पौडेल

    हे ! आमा जन्म त दियौ यो धर्तीमा !

    तर हाम्रो जीवनयापन किन अर्काको घरमा !!

    छोरा जन्मे हुरुक्क, छोरी जन्मे धुरुक्क,

    छोरी चूल्हो चम्का, छोरालाइ कितावको झोला,

    किन यस्तो होला ?

    संविधानले नारी पुरुष, दुवै बराबर भन्छ

    कागजको पानामा सीमित कुरा ब्यवहारमा कहिले लागू हुन्छ ?

    छाउपडी, दाइजोप्रथा कहिले अन्त्य हुने !

    जसकै सरकार बनेपनि न्याय कहिले पाउने ?

    हे ! भगवान सबै पुरुषलाइ देउ, सद्वुद्धी र विवेक

    नारीलाइ हेर्ने दृष्ट्रीमा भरिदेउ ज्ञानको ज्योति अनेक

    सबैजना जागृत बनौं, नारीको पक्षमा फैलाउन जनचेतना

    सम्पूर्ण महिलाहरुलाइ अन्तराष्ट्रिय नारी दिवसको शुभकामना ।।