मासिक (चैत्र २०७७) को राशिफल

NepalOm ३ वर्ष अघि
  • वृष
    न्वारनमा यी अक्षर इ, उ, ए, ओ, वा, वि, वु, वे, वो बाट नाम सुरुहुनेको वृष राशी हुन्छ ।

    यो चैत्र महिना समग्रमा सकारात्मक नै रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शेयरबजारमा लगानीको अवसर मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    मिथुन
    न्वारनमा यी अक्षर का, कि, कु, घ, ङ, छ, के, को, हा बाट नाम सुरुहुनेको मेष मिथुन राशी हुन्छ ।


    यो महिनामा तपाईंको राशिबाट दशौ भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । नयाँ कार्य प्राप्तिको योग पनि छ । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा फुस्रो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कूलदेवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कर्कट
    न्वारनमा यी अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो बाट नाम सुरुहुनेको कर्कट राशी हुन्छ ।

    चैत्र महिनामा रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । आफूले गरेको कार्यबाट पछि दोहोरो लाभ मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको यो पनि छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    सिंह
    न्वारनमा यी अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे बाट नाम सुरुहुनेको मेष सिंह राशी हुन्छ ।

    यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी पनि हुनेछ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

    कन्या
    न्वारनमा यी अक्षर टो, पा, पि, पु, ष, ण, ठ, पे, पो बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ ।

    चैत्र महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहान लाभ हुने समय आएको छ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्र चैं निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    तुला
    न्वारनमा यी अक्षर रा, रि, रु, रे, रो, ता, ति, तु, ते बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    यो महिनामा मिश्रित फल मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । २२ गतेबाट कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्गे पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि दुर्गाजीको स्मरण गरि कार्य गर्नाले राम्रो हुन्छ ।

    वृश्चिक
    न्वारनमा यी अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    यो महिनामा विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ र रमाउने समय छ । सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि भैरवजीको दर्शन गरि आरम्भ गर्दा राम्रो हुनेछ ।

    धनु
    न्वारनमा यी अक्षर ये, यो, भा, भि, भु, धा, फा, ढा, भे बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    चैत्र महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । यो महिनाको लागि शुभ अङ्क ३ ,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मकर
    न्वारनमा यी अक्षर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    यो महिनामा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । नाक तथा घाँटीमा समस्यापनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    कुम्भ

    न्वारनमा यी अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, दा बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    यो चैत्र महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उर्तिण हुनसकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गुलाबी वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    मीन

    न्वारनमा यी अक्षर दि, दु, थ, झ, ञ, दे, दो, चा, चि बाट नाम सुरुहुनेको कन्या राशी हुन्छ

    यो महिनामा प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । कृषि कार्य अघी बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर पनि गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
    ( ज्यो प नारायणप्रसाद दुलाल -हाम्राे पात्राे)