
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले केपी ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेको बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीलाई पुन भष्मासुरसँग पुनः तुलना गर्दै पदबाट हटाउन नयाँ रणनीति आश्यक रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले अनेकन छल गरेर सबैलाई त्राहिमाम पार्ने उल्लेख गर्दै नयाँ रणनीतिको खोजी गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । ‘मिथकहरूबाट प्रेरणा लिने हो, हुबहु उही दोहो¥याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहो¥याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो,’ बाबुरामले भनेका छन्, ’नयाँ रणनीति चाहियो !’ पुस ५ को कदमपछि भट्टराईले पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीमाथि प्रहार गर्दै आएका छन् ।