वायु प्रदूषणका कारण ४ दिन देशभरका सबै शिक्षण संस्था बन्द

NepalOm ४ वर्ष अघि

  • काठमाडौं ।सरकारले मंगलबारदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    देशभर वायु प्रदूषण बढेको भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो ।

    पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।सरकारको निर्णय अनुसार अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् ।यो अवधिमा पनि प्रदूषण नघटे अरु केही दिन थप हुन सक्ने जनाइएको छ ।

    वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारलाइ विभिन्न निकायहरूले सुझाव दिएका थिए ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।