
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।
चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाउन थालेका छन् ।
प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो ।
महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो ।निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।