स्वस्थ जीवनको पाँच नियम

NepalOm ४ वर्ष अघि
  • nepalom.com

    स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ । त्यसको लागि यी पाँच नियमको सधै पालना गरौं :-

    नियम एक

    – बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।
    – उठ्नासाथ एकदुई गिलास शुद्ध पानी पिएर बाथरुम जाने ।
    – दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने ।
    -सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।
    – सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।
    – कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।

    नियम दुई

    -काम पूरा लगनका साथ गर्ने ।
    – परि श्रमअनुसार वि श्राम गर्ने ।
    – बढी भोगविलास नगर्ने ।
    – विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।
    – समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।
    – गहिरो र पर्याप्त निद्रा लिने ।
    – सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।
    – फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।
    – विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।
    – फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।

    नियम तीन

    – घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने ।
    – जस्तोसुकै आपत्(विपत्मा पनि मनको धैर्यलाई टुट्न नदिने ।
    – हिम्मत र हौसला बनाइराख्ने ।
    – ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने ।
    – सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने ।
    – अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने ।
    – जातपात, भेषूभषा मत(सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।

    नियम चार

    – देशको संविधान र कानुनको पालना गर्ने ।
    – देशलाई अहित हुने कुनै काम नगर्ने ।
    – सरल र सरस जीवन जिउने ।
    – घर सफासुग्घर र फूलहरू रोप्ने ।
    – घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने ।
    – बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने ।
    – भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने ।
    – बिछ्यौना सधैं सफासुग्घर राख्ने ।
    – लुगाहरू मिलाएर राख्ने ।
    – च्यातिएका लुगालाई नष्ट गर्ने ।
    – अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने ।
    – च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने ।
    – नचाहिने किताबहरू व्यवस्थापन गर्ने ।
    – टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने ।
    – पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने ।

    नियम पाँच

    -जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।
    – मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।
    – बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।