एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट भए ओशो सन्यासी

वोधिसत्व स्वामी आनन्द अरुणसंग लिए दिक्षा

NepalOm ४ वर्ष अघि
  • nepalom.com

    काठमाडौँ । सधै जसो औपचारिक , देश विदेशमा हुने गैर आवासीय नेपाली संघको कार्यक्रम र आफ्नो ब्यापार ब्वसायमा सक्रिय देखिने गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट यो साता भिन्न रुपमा देखिए । नायिका एवं लेखक सोविता सिम्खडाले यो साता आफ्नो फेसबुकमा केही फोटोहरु पोष्ट गरिन् , ति फोटोहरुमा भट्ट फरक आकृतीमा थिए । मरुन गाउन लगाएका उनको घाँटीमा ओशोको माला पनि देखियो । सोविताको पोष्टमा लेखिएको थियो – तपाईलाई मरुन संसारमा स्वागत छ , ओशो सन्यासीको रुपमा तपाईमा भएको रुपान्तरणले अध्यात्मिक यात्रा सुखद रहोस् । यो पोष्ट सार्वजनिक भएपछि थाहा भयो एन आर एनका पूर्व अध्यक्ष भट्ट ओशोको दिक्षा लिएर ओशो सन्यासी भएछन् ।


    केही समय अघी देखी ओशो प्रती नतमस्तक भएका भट्ट नेपाल आएर ओशो तपोवन पुगी त्यहाँ वोधिसत्व स्वामी आनन्द अरुणसंग दिक्षा लिएका हुन् , ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरीपछि नयाँ नाम दिईन्छ त्यही अनुसार भवनलाई स्वामी आनन्द अरुणले स्वामी आनन्द देव नाम दिनुभएको छ ।

    भट्टले योग र ध्यानको प्रयोगबाट आफुलाई रुपान्तरण गर्ने प्रयास केही समय अघिबाट गरेको र अब दीक्षित भएर त्यस मार्गलाई अझ फराकिलो बनाउने प्रयास गरेको बताए । आफुले विभिन्न कोणबाट जीवनको गहिरो अनुभव संगालिसकेको र अतृप्त चाहना धेरै नभएकोले सन्यासको यात्रा सहज हुने विश्वाश व्यक्त गरे । भट्ट स्थाई रुपमा जापानमा बस्दछन । उनको त्यहाँ ३०० भन्दा बढी रेष्टुरेन्ट छन् भने उनी बिबि एयरका संचालक पनि हुन् ।

    ओशो सन्न्यासीहरुले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने तर दैनिक एक ध्यान गर्नु पर्ने नियम भएको स्वामी आनन्द अरुण बताउनुहुन्छ।

    सन्यासपछि भवन सोविता सिम्खडा र निराजन भण्डारीसंग