
nepalom.com
काठमाडौं । आज सोमबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन,चट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्याङरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।