
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएपछि शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।
नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको विज्ञप्ति मार्फत जनाएका छन् । बाँकी स्वास्थ्य अवस्था सामान्य छ ।
खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको छ । पूर्वराजा शाहका श्रीमती र छोरी पनि कोरोना संक्रमणका कारण सोही अस्पतालमा भर्ना भएका छन् ।