आन्तरिक र बाह्य सबै उडान बन्द गर्ने सरकारकाे तयारी

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

     कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।
    सीसीएमसीको सिफारिसअनुसार आन्तरिक र बाह्य सबै उडान बन्द गर्ने सरकारको तयारी छ ।नयाँ भेरियन्टकाे काेराेना फैलिन थालेपछि सरकारले अत्यावश्यक बाहेक सार्वजनिक यातायात, विद्यालय, कलकारखाना, कार्यालय सबै सेवा बन्द गरेकाे छ ।

    हवाइ उडान सुचारू गर्ने यातायात बन्द गर्ने निर्णय विभेदकारी भएकाे जनाउँदै यातायात व्यवसायीहरूले कि हवाइ उडान पनि बन्द गर्नु पर्याे नभए लामाे दूरीकाे यातायातलाइ पनि चल्न दिनु पर्याे भन्ने माग राखेका थिए । तर अहिलेकाे अवस्थामा मानिसहरू भिडभाड हुने क्षेत्रहरू बन्द गर्न ढिलाे गर्नु हुन्न।