कोरोनाले मृत्यु भएकाको शव थुप्रिदै,वाग्मती किनारमै जलाउन थालियो

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं ।केहीदिन अघिसम्म हामी छिमेकी मुलुक भारतमा काेराेना संक्रमणबाट मृत्यु भएकाहरूलाई खुल्ला ठाउँमा छरपष्ट रूपमा अन्त्येष्टि गरेकाे तस्विर सामाजिक सञ्जाल मार्फत देख्न र पढन पाएका थियाै । अहिले त्यस्तै दृष्य हाम्रै देशमा देख्न थालिएकाे छ ।

    कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ ।पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिकाे र मृतककाे संख्या पनि बढ्न थालेपछि खुल्ला ठाउँमै जलाउन थालिएकाे हाे ।

    पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै जान थालेकाेपछि शव व्यवस्थापनमा ठाउँ अभाव हुँदै अाएकाे छ ।