नेपाली सेनालाई शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न प्रधानमन्त्रीकाे निर्देशन

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नागरिकको जीवन रक्षा नै वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। आज देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताए ।

    हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्दै उनले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील रहेकाे बताए ।

    प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने जानकारी दिए।

    यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको पनि सम्बोधनमा उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।  यो जोखिममा काम गर्ने कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताए । साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने पनि बताए ।

    साथै अस्पतालमा बेड लुकाउनेलाई कडा कारबाही गरिने पनि उनले चेतावनी दिए ।हालसम्म कोरोनाबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुका साथै उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।