कोरोनाका कारण मंगलबार एकैदिन ५५ जनाको मृत्यु

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ ।

    देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोना कारण तीन हजार चार सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १६ हजार १ सय ३१ पिसिआर परिक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५७१ एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमति आइशालेशनमा र २५३ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ वटा पिसिआर परिक्षण गरिएको छ ।