काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् । दोहोरिएका मन्त्रीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाइ राष्ट्रपतिकाे उपस्थितिमापद तथा गोपनीयताको शपथ गराए ।
यस्ताे छ मन्त्रीहरूकाे सूची
१.ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
२.रामबहादुर थापा बादल, गृह
३.टोपबहादुर रायमाझी, उर्जा
४.विष्णु पौडेल, अर्थ
५.प्रदिप ज्ञवाली, परराष्ट्र
६.हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७.लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
८.कृष्णगोपाल श्रेष्ठ, शिक्षा
९.प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, पर्यटन
११.मणिचन्द्र थापा, खानेपानी
१२.पद्मा अर्याल, कृषि
१३.बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४.गौरीशंकर चौधरी, श्रम, रोजगार
१५.पार्वत गुरुङ, सञ्चार
१६.शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७.लिलानाथ श्रेष्ठ, कानून
१८.गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९.प्रेमबहादुर आले, वन
२०.जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१.दावा लामा तामाङ, युवा तथा खेलकुद
राज्यमन्त्रीहरु
२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति