विपक्षी गठबन्धन रिट हाल्न सर्वोच्च जाँदै

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले १ सय ४९ सांसदको हस्ताक्षरसहित आज सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेका छन् ।

    राष्ट्रपति भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको ठहर गरेका पाँच दल आज एक सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ताको तयारीमा लागेका हुन् ।

    शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले  प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जबरजस्त मुलुकलाई चुनावमा पुर्‍याएको भन्दै कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका थिए ।

     रिट हाल्न जानुपूर्व देउवाको पक्षमा हस्ताक्षर गरेका सबै १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन गठबन्धनले निर्देशन दिएको छ ।