काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै १४६ सांसदको हस्ताक्षर रहेको रिट निवेदन दिएको छ ।
कांग्रेस सभापति देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , एमालेका नेता माधव नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वमा १४६ निवर्तमान सांसदले सोमबार अपराह्न निवेदन दिएका हुन् ।
राष्ट्रपतिले धारा ७६ ९५० अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी गरेका थियो । तर, राष्ट्रपतिले जेठ ७ गते राति ‘दाबी नपुग्ने’ भनेपछि सरकारको सिफारिसमा उनले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
विपक्षीले रिटमा संविधानको धारा ७६९३० अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६९५० अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् ।