चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । चीन सरकारले नेपाललाई तत्काल कोरोना विरुद्धको १० लाख डोज खोप दिने घोषणा गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भएको टेलिफोन वार्ता लगतै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोनाविरुद्धको खोप  दिने घोषणा गरेको हो ।

    नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोगअन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् ।

    चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो ।