सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

    काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।उनी निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उनी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो ।

    चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए ।