
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह देशबासीका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजेपछि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने जनाइएको छ । राजनीतिक घटना परिवर्तनसँगै प्रधानमन्त्री ओलीले पटकपटक देशबासीलाई सम्बोधन गर्दै आएका छन् ।