
काठमाडाैं । सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशहरूले नेपालको संविधान नै समाप्त हुने खतरा बढेर गएको भन्दै सबैमा संविधान प्रतिको निष्ठा र जवाफदेहिता बोध गर्न अनुरोध गरेका छन्।
आज एक संयुक्त वक्तव्य जारी गर्दै पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी , अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संसदलाई बारम्बार विघटन गरी संसदलाई अकारण दण्डित भएको भन्दै आपत्ति जनाएका हुन्।
पूर्वप्रधानन्यायाधीशहरूले देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न संवैधानिक प्रक्रियामा फर्कनुपर्ने बताएका छन्।