रहेनन् विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष थापा

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं ।विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ववल थापाको निधन भएको छ  । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताए ।

    कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई मेडिसिटीमा इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको परिवार तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।