
काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरूकाे स्वास्थ्बारे चिन्ता र चासाेका साथ शुभकामना दिने देशभित्र र बाहिर रहेका सबै नेपालीहरूप्रति आभार व्यक्त गरेका छन् ।
करिब २ मिनेट ३२ सेकेन्डकाे उक्त भिडियाे मार्फत पूर्वराजा ज्ञानेन्द्रले यस महामारीमा दिनरात आफ्नाे दायित्व र मानवीय कार्य गर्ने सबै, अग्रपंक्तिमा रहेकाका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सफाइकर्मी तथा सामाजिक कार्यकताहरूप्रति अन्तरआत्मादेखि नै धन्यवाद ज्ञापन गरे ।
पूर्व रानी काेमलकाे समेतकाे उपस्थिति रहेकाे उक्त भिडियाेमा सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले अहिले आफूहरू दुबै जना पूर्ण स्वास्थ्यलाभकाे क्रममा रहेकाे समेत बताए । तर, उनले देशभित्र र बाहिरकाे माहामारीकाे अवस्थाप्रति भने चिन्ता व्यक्त गरे ।
महामारीकाे प्रक्रिया जारी छ,यसलाइ नियन्त्रण गर्नका लागि हाम्राे आफ्नै संकल्प र बाहिरी सहयाेगकाे आवश्यक पर्दछ भन्दै उनले प्राप्त अन्तर्राष्ट्रिय सहयाेगकाे लागि पनि धन्यवाद व्यक्त गरे ।
काेराेना मुक्त भएपछि पहिलो पटक भिडियाे मार्फत सार्वजनिक भएका उनले सबैलाइ सुरक्षित,सावधान र स्वस्थ्य रहन आग्रह पनि गरे । साथै उपचारकाे क्रममा रहेका सबै नेपालीहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै याे महामारीमा जीवन गुमाउनेहरूका आत्माकाे चीर शान्तिका लागि श्री पशुपतिनाथले ती सबैकाे परिवारमा धैर्यधारणकाे लागि शक्ति प्रदान गरून् भन्ने कामना समेत गरे ।