कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौँमा

Nepal Om ४ वर्ष अघि
  • काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ।

    देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।यसअघि भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

    कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।