
काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको थियाे ।
यस्तै, बैठकले तरकारी र खाद्यान्नका पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको उनले बताए ।यसअघि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका समयमा तरकारी र खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न दिँदै आएको थियो ।
शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएकाे छ। अहिले अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द छन् ।