पैदल हिड्नुका २२ फाईदा

NepalOm ३ वर्ष अघि

  • -डा. हेमराज कोइराला-
    जपानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्छन्। आफुलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिड्ने गर्दछन्। शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिड्ने विधिलाई संसारका धेरै व्याक्तिहरूले अपनाएका छन्। वास्तावमा पैदल हिड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने र्गदछ।शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणले समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउहरूमा हिड्नकै लागि धेरै थुपै पार्कहरू बनाईएका छन्।पैदल हिड्नुका निम्नलिखित लाभहरू छन्।

    १. तौल कम गर्दछ।
    २. फोक्सोको कार्यक्षमतालाई बढाउदछ।
    ३. प्रतिरक्षा प्रणाललिाई सशक्त बनाउदछ।
    ४. चाडै बुढो हुनबाट बचाउदछ।
    ५. क्यानसर रोकथाममा मद्यत गर्दछ।
    ६. मधुमेहलाई नियन्त्रण गर्दछ।
    ७. मुटुलाई स्वस्थ राख्न मद्यत गर्दछ।
    ८. खाना पचाउनमा सहयोग पु¥याउदछ।
    ९. रक्तचाप नियन्त्रण गर्न मद्यत गर्दछ।
    १०. मानसिक ताजगी महसुस गराउदछ।
    ११.दीर्घ रोगहरूलाई जित्न मद्यत गर्दछ।
    १२. मस्तिष्कघातको जोखिमलाई कम गराउदछ।
    १३. तनाव कम गर्दछ।
    १४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पु¥याउदछ।
    १५. भेरीकोज भेन हुन दिदैन।
    १६. विस्मृतिको समस्या चाडौ आउन दिदैन।
    १७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्यत गर्दछ।
    १८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ।
    १९. जोर्नीहरूलाई जाम हुन दिदैन।
    २०. उर्जावान बनाउदछ।
    २१. दीर्घजीवी बनाउदछ।
    २२. रचनात्मक बनाउदछ।

    [ लेखक भरतपुर महानगरपालिका –१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ]

    याे पनि पढ्नुहाेस् –

    ईम्यूनीटि बलीयो बनाउने १८ खानेकुरा – डा. हेमराज कोइराला