
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी गर्नुभएको प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको थियो । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । बैठकमा सभामुख सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको थियो ।
गत जेष्ठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत माग्नुभएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।