नेपालमा ९ जनामा काेराेनाकाे नयाँ भेरियन्ट पुष्टि

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । नेपालमा ९ जनामा काेराेनाकाे नयाँ भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो । 

    गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नमूना भारत पठाइएकाे थियाे । ती नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएकाे मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।  यी भेरियन्टहरु सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।