
काठमाडौँ ।उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै आजदेखि निजी सवारी साधानमा जोर बिजोर प्रणाली लागू गरिएकाे छ ।
अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाइएकाे हो । आज बिहान १ बजेदेखि १४ गते राती १२ बजेसम्म उक्त आदेश लागू हुनेछ ।
यसपटक साना सवारी साधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोर विजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ । सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाइएको छ ।
डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।
सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यो पनि अहिलेको आदेशमा नया व्यवस्था हो ।
भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ । फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ ।
नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । अत्यवश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्र्नेबाहेकका अन्य जिल्लाबाट पास बिहिन सवारीका साधान काठमाडौँ उपत्यकामा प्रवेश रोक लगाइेको छ ।
वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।
औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ । खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपाटमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
निर्माणजन्य सामग्रीको पसल (हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । पसल तथा व्यवसाय सञ्चलान गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ ।
अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारीमर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।
विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधान प्रयोग गर्न सकिने छ ।अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत्मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दुरसञ्चार, इन्टरनेटमर्मत, कार्गो, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ ।