
काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसके पनि गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रस्ताव आए पनि सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए ।
‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव आफूलाई आउन थालेको भन्दै उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन ।नेता अहिलेको लडाइँ प्रधानमन्त्रीकाे लागि नभइ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनकाे भनाइ थियाे ।
साेही अन्तरक्रियामा कार्यक्रममा उपस्थित भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने बचन दिए । उनले भने, ‘माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैन ।’
यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताए । दाहालले अहिले कसैलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताए ।