काठमाडाैं उपत्यकामा जोरबिजोर प्रणाली हट्याे

Nepal Om ४ वर्ष अघि
  • काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर विजोर प्रणाली हटाइएको छ ।

    अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । एक हप्ता अघिदेखि सार्वजनिक सवारी साधन चले पनि साना सवारी साधन टेम्पु र माइक्रोबसले यात्रु बाेक्न पाएका थिएनन् ।तर, सार्वजनिक यातायात साधानले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैन । 

    उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ ।

    स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।

    खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।