
ब्राजिललाई हराएर अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।
खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन ।
सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।