१० बुँदे सहमतिसँगै नेकपा एमालेभित्रको विवाद अन्त्य

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । नेकपा एमालेले पार्टीभित्रको विवाद अन्त्य गर्दै १० बुँदे सहमति गरेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरूकाे बैठकले आइतबार राति १० बुँदे सहमति गरेकाे हाे ।दुबै पक्षका नेताहरु रहेको कार्यदलले लगातार १३ घण्टासम्म बसेकाे बैठक साँझ सहमति जुटाएको हो ।

    प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्ने छौं’ सहमतिमा भनिएको छ ।

    एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । कार्यदलको तर्फबाट भएकाे १० बुँदे सहमतिमा नेतृत्वले हस्ताक्षर गर्नछन् । कार्यदलले बनाएकाे सहमतिकाे वातावरणलाई बिग्रन नदिन प्रधानमन्त्री ओलीले डाकेकाे स्थायी कमिटी बैठक पनि भाेलिलाई सारेका छन् । यो सहमति संगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठकमा नेपाल पक्ष पनि सहभागि हुने भएकाे छ ।