माधव नेपाललाई आत्मालोचना गरे पनि कुनै स्थान छैन:ओली

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताउनुभएको छ ।

    बुधबार आफ्नो निजि निवास बालकोट फर्किनुभएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताउनुभएको हो । अरुको पछाडि लाग्नेहरुको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने धारणा राख्नुभयो ।

    उहाले आफूलाई जालझेल गरेर हटाइएको भन्दै त्यसको अगुवाइ माधव नेपाल गरेको आरोप लगाउनुभयो । देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर अघि बढ्दा विरोधीहरुले आफुलाई अटाएको उहाले बताउनुभयो ।

    बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्कनुभएका ओलीलाई युवा संघले जुलुस सहित बालकोट पुराएको थियो । बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नारा लगाएका थिए ।बालकोटमा ओलीको स्वागतमा ब्यान्ड बाजा बजाउनुको साथै एमाले कार्यकर्ताहरुले स्वागत गरेका थिए ।