माधव नेपाल निकट युवाहरुद्वारा‘अखिल फोर्स’ गठन

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । नेपाल पक्षधरद्वारा‘अखिल फोर्स’ गठन,आक्रमणको चेतावनी दिनेलाई प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा एमालेमा दुई शीर्ष नेताको गुट तलसम्मै फैलिदै गएको छ । अध्यक्ष केपी ओली पक्षले जे गरे नेपाल पक्षले पनि त्यही गर्दै समानान्तर रुपमा अगाडि बढिरहेका छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ बनाएका हुन् । ५०१ सदस्यीय अखिल फोर्सको अध्यक्षमा तपेन्द्रजंग शाही रहनुभएको अनेरास्ववियू माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो । उहाले वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेलाई प्रतिवाद गर्ने चेतावनी दिए ।

    उनीहरुले प्रतिनिधिसभा बिघटनबिरुद्ध एकजुट भएर सांसदहरुले हस्ताक्षर गरेकै कारण संविधानको रक्षा भएको जिकिर गरेका थिए । यसअघि एमाले ओली निकट युवा संघले युथ फ्रोस व्युताएको थियो ।