
nepalom.com
काठमाण्डौ। अफगानिस्तानबाट कतार स्थित अमेरिकी बेशक्याम्प र त्यहाँबाट कुबेत हुँदै १ सय २७ नेपालीहरु काठमाडौं आइपुगेका छन ।
अमेरिकी सेनाले उनीहरुलाई जजिरा एयरको विमान चार्टर गरी काठमाण्डौ पठाएको हो । अफगान्स्तिान स्थित अमेरीकि बेशक्याम्पमा कार्यरत उनिहरु आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन ।

कुबे्तको समय अनुसार बिहान ३ बजे जजिरा एयरको उडन नँ जे९ १५४१ बाट उडेका उनिहरु काठमाण्डौमा बिहान १०।१७ मा अबतरण भएका थिए ।
अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसी स्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ ।