विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

NepalOm ३ वर्ष अघि
  • काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।

    ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । ललितपुरका शनिबार आयोजित अलग७लमबकज;अलग कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले गरेको सम्बोधन पनि जनप्रतिनिधि र नेता–कार्यकर्ता लक्षित थियो ।

    ओली र नेपालले एमाले विभाजनको दोष एकअर्कालाई लगाएर आफू चोखो हुन खोजिरहेका छन् । यसको अर्थ ओली एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न चाहान्छन् भने नेपाल एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा बढीभन्दा बढी तान्न चाहान्छन् ।

    आजको नागरिक दैनिकमा यो समाचार छ ।