काठमाडाैं ,२५ असाेज। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग उनले विवाह गरेका हुन् ।
सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेपछि गजुरेलले सामाजिक सञ्जालमार्फत विवाहको जानकारी गराउँदै सम्पूर्ण मिडियाकर्मीलाई व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन, मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिन र हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिन पनि आग्रह गरेका छन् ।
उनले सहयात्री मन्जु पनि एकल महिला रहेको र उस्तै परिवेशबाट गुज्रिएको बताएका छन् । ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं,’ उनले लेखेका छन् ।
चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग कानुनी रुपमा नै सम्बन्धविच्छेद गरेका गजुरेलले अब दोस्री पत्नीसँग एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गरेको बताएका छन् । एक्लो जीवन बिताउन गाह्रो नै हुने र आफ्ना छोराछोरीको चाहना समेत बुझेर दोस्रो बिहे गर्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।